कृष्णभीरमा भासिएको सडक मर्मतको काम तीव्र

कृष्णभीरमा भासिएको सडक मर्मतको काम तीव्र
14

रसुवामा बाढी आएको चार दिनपछि भदौ १४ गते भासिएको कृष्णभीरको सडक मर्मत कार्य बिहीबारदेखि अघि बढाइएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिले सडकमा खसेको पहिरो पन्छाउने तयारी भइरहेको छ। पहिरो हटाउनुअघि दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी सडक क्षेत्रमा रहेका रूखहरू काट्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

रूख कटानको काम सम्पन्न भएपछि पहिरो पन्छाउने कार्य सुरु गरिने बताइएको छ।

कृष्णभीरको सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या भएको छ। वैकल्पिक मार्गका रूपमा हेटौंडा हुँदै काठमाडौं जोड्ने सडक सञ्चालनमा रहे पनि सबै सवारीसाधन यही मार्गबाट चल्न थालेपछि सडकमा चाप बढेको छ।

यातायात सञ्चालनलाई सहज बनाउन सडक मर्मत कार्यलाई प्राथमिकतामा राख्दै काम तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

Related Post