रसुवाका सुरुङमा उद्धार झन् कठिन, चिलिमेमा अझै आशा

रसुवाका सुरुङमा उद्धार झन् कठिन, चिलिमेमा अझै आशा
71

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी तथा उद्धार झन् चुनौतीपूर्ण बनेको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार रसुवागढीको सुरुङ तीन तला नै लेदोले भरिएपछि खोजी रोकिएको छ भने लाङटाङमा ६४ मिटरसम्म पुगेर उद्धार स्थगित गरिएको छ।

चिलिमेमा भने खोजी जारी छ। अपर त्रिशूली–२१६ मेगावाटको सुरुङमा पनि पुनः उद्धार प्रयास थालिएको छ। सुरुङभित्र ठूलो परिमाणमा लेदो र डेब्रिस जमेकाले उद्धारमा महिनौँ लाग्न सक्ने सेनाको आकलन छ।

बाढीले आयोजनासम्म पुग्ने सडक र पहुँचमार्गसमेत बगाएपछि उद्धार टोली र ठूला उपकरण पुर्‍याउनै कठिन भएको सेनाले जनाएको छ।

Related Post