काठमाडौं–नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ

04 August, 2026 23 Views
काठमाडौं–नेपालगञ्जबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ
23

काठमाडौं। काठमाडौं र नेपालगञ्जमा प्रहरीले ५७८ ग्रामभन्दा बढी खैरो हेरोइन, २ हजार ९२६ वटा लागूऔषधका ट्याब्लेट र लाखौं रुपैयाँ नगद बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौंको दक्षिणकाली–५ फर्पिङबाट बारा निजगढका ३१ वर्षीय सुमन भण्डारीलाई २ हजार ६९० वटा ट्रामाडोल र २३६ वटा नाइट्राजेपाम ट्याब्लेटसहित पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले सोमबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै, नेपालगञ्ज–४ बाट १५३ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित ३० वर्षीय सुशिल भण्डारी र ५५ वर्षीय अरूणकुमार जयसवाल पक्राउ परेका छन्।

अनुसन्धानका क्रममा प्रहरीले अरूणकुमारको घरबाट थप ४२५ ग्राम खैरो हेरोइन, १ लाख ८० हजार नेपाली रुपैयाँ, २ लाख १४ हजार भारतीय रुपैयाँ र एक थान डिजिटल तराजु पनि बरामद गरेको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको बताएका छन्।

Related Post