काठमाडौंमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

24 June, 2026 18 Views
काठमाडौंमा बालिका बलात्कार आरोपमा युवक पक्राउ
18

 असार १० — काठमाडौंमा एक बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका २२ वर्षीय गणेश विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बालिकामाथि बलात्कार गरेको भन्दै उजुरी परेपछि मंगलबार प्रहरी टोलीले विश्वकर्मालाई पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आरोपितमाथि सम्बन्धित कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Related Post