काठमाडौँ । काठमाडौंको सिभिल मलमा ‘मिस्ट्री रुम्स’ सञ्चालनमा आएको छ । सिभिल मलको चौथो तल्लामा रहेको मिस्ट्री रुम्सले दर्शक तथा खेलप्रेमीका लागि कथामा आधारित रोमाञ्चक एस्केप रुम अनुभव उपलब्ध गराएको हो ।
एस्केप रुममा सहभागी टोलीले आफूलाई दिइएको कथावस्तु र अभियानअनुसार ६० मिनेटभित्र विभिन्न संकेत पत्ता लगाउँदै पहेली तथा समस्या समाधान गर्नुपर्ने हुन्छ । यस क्रममा टोलीका सदस्यबीच सहकार्य गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने हुन्छ ।
मिस्ट्री रुम्स काठमाडौंमा दुईदेखि आठ जनासम्मको समूहका लागि विभिन्न एडभेन्चर उपलब्ध छन् । साथीभाइ, परिवार तथा सहकर्मीसँग नयाँ अनुभव लिन चाहनेहरूका लागि यो मनोरञ्जनको फरक माध्यम बन्ने सञ्चालकको विश्वास छ ।
उद्घाटन कार्यक्रममा शार्क ट्याङ्क नेपालका लगानीकर्ता क्याबिनेट श्रेष्ठसहित मिस्ट्री रुम्स नेपालका साझेदार कृति शाक्य, मनिष श्रेष्ठ र रौनक अग्रवाल सहभागी थिए ।
मिस्ट्री रुम्स भारतको ठूलो एस्केप रुम नेटवर्कको हिस्सा हो । नेपालमा यसको सुरुवात अल्छीका लगानीकर्ता मनिष श्रेष्ठ र रौनक अग्रवालको सहकार्यमा गरिएको हो । सञ्चालनको पहिलो महिनामै १ हजारभन्दा बढीले मिस्ट्री रुम्सको अनुभव लिइसकेको जनाइएको छ ।