115
कात्तिक,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले रुटिन अफ नेपालका सञ्चालन भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर मन्त्री बनेको आरोप लगाएका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाउने महानगरको अल्टिमेटम सकिएपछि त्यहाँ पुगेका प्रसाईंले गुप्ताले भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर गुप्ता मन्त्री बनेको दाबी गरेका हुन् ।
भिक्टर पौडेल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति भएको उनको भनाइ छ । पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जालका सञ्चालक हुन् र मेयर शाहका नजिकका मानिन्छन् ।
सुकुम्बासी बस्तीमा उपस्थित प्रसाईंले आफूले त्यहाँका बस्ती भत्काउन नदिने प्रतिबद्धता जनाए। उनले मेयर शाहले गरिब र श्रमिक वर्गको उठिबास लगाएको आरोप पनि लगाए ।