लाइसेन्स लिन पुगेका सेवाग्राही मर्कामा, नयाँ सिस्टम अझै प्रभावकारी बनेन

06 August, 2026 12 Views
लाइसेन्स लिन पुगेका सेवाग्राही मर्कामा, नयाँ सिस्टम अझै प्रभावकारी बनेन
12

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ अनलाइन प्रणाली लागू भएपछि देशभरका यातायात कार्यालयको सेवा प्रभावित भएको छ। साउन १ गतेदेखि लागू गरिएको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा प्राविधिक समस्या देखिएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको हो।

प्रणालीमा आएको त्रुटिका कारण नयाँ लाइसेन्स, नवीकरण, वर्ग थप, प्रतिलिपि र ट्रायलसम्बन्धी सेवा धेरै ठाउँमा ठप्प वा आंशिक रूपमा मात्रै सञ्चालन भइरहेका छन्। अधिकांश कार्यालयले पुराना लाइसेन्स वितरणबाहेक अन्य सेवा प्रभावकारी रूपमा दिन सकेका छैनन्।

राजस्व भुक्तानी, लाइसेन्स नम्बर, ओटीपी, डेटा माइग्रेसन र नवीकरण प्रक्रियामा समस्या देखिएकाले विशेषगरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका युवाहरू बढी प्रभावित भएका छन्।

यातायात व्यवस्था विभागले भने नयाँ प्रणालीको सुरुवाती चरण भएकाले केही प्राविधिक समस्या देखिएको स्वीकार गर्दै ती समस्या क्रमशः समाधान भइरहेको जनाएको छ। विभागका अनुसार प्रणाली पूर्ण रूपमा सहज हुन अझै दुईदेखि तीन महिना लाग्न सक्छ।

Related Post