164
मंसिर,काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विराटनगरमा महेश बस्नेतमाथि आक्रमण गरेर संगठनको नाम दुरुपयोग गर्नेमाथि कडा कारबाही गरिने प्रष्ट पारेका छन् ।
बस्नेतको गाडीमा बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् । संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै शेर्पाले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको समेत वक्तव्यमार्फत प्रष्ट पारेका छन् ।