महाधिवेशनको विवाद चर्किँदा कांग्रेसमा अनुशासन समिति सक्रिय

03 September, 2026 125 Views
महाधिवेशनको विवाद चर्किँदा कांग्रेसमा अनुशासन समिति सक्रिय
125

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर आन्तरिक विवाद चर्किरहेका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका बेला संस्थापन पक्षले अनुशासन समिति बैठक आह्वान गरेको हो ।

समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने तय भएको छ ।

अनुशासन समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा बैठकमा समितिका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

महाधिवेशनको प्रक्रिया, मिति र नेतृत्वलाई लिएर कांग्रेसभित्र दुई पक्षबीच मतभेद बढिरहेका बेला बोलाइएको अनुशासन समिति बैठकलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

Related Post