मुक्तिनाथ दर्शनपछि काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

23 August, 2026 88 Views
मुक्तिनाथ दर्शनपछि काठमाडौं फर्किए प्रधानमन्त्री बालेन
88

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ मुस्ताङ भ्रमण सकेर काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए।

मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले शनिबार अपराह्न प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका थिए। त्यसपछि उनले जिल्लामा केही समय बिताएका थिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी सडकमार्ग हुँदै संघीय राजधानी काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री शाहको यो भ्रमण मुख्यतः निजी तथा धार्मिक भ्रमणका रूपमा रहेको बताइएको छ।

Related Post