मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता

28 April, 2026 31 Views
मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता
31

काठमाडौं ।  खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन गम्भीर रुपमा छलफल भइरहेको बताएकी छन् ।  

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री मेहताले उपत्यकावासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउनका लागि निकै महत्त्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीलाई दिगो र सुरक्षित बनाउन पटक पटक छलफल भइरहेको बताएकी छन् ।  

मेलम्ची खानेपानी आयोजनामा अझै पनि केही समस्याहरू रहेकाले दीर्घकालीन समाधान खोजिने उनको भनाइ छ । मन्त्री मेहताले विभिन्न स्थानमा अलपत्र परेका खानेपानी आयोजनालाई पुरा गर्नका लागि मन्त्रालयले काम सुरु गरिसकेको उनको भनाइ छ । अलपत्र परेका आयोजनाहरूको निरन्तर अनुगमन भइरहेकाले आवश्यक बजेट व्यवस्थापन समेत गरिने उनको भनाइ छ । 

Related Post