मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल

09 November, 2025 124 Views
मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल
124

कात्तिक, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका कतिपय कार्यबारे भन्न नमिल्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ । गृहमन्त्री अर्यालले आफ्नो शुद्ध चित्तले कर्म  गरिरहने बाहेक आफूहरूसँग अर्को विकल्प नभएको समेत बताएका छन् । उनले कार्यकालको अन्त्यसम्म धैर्य गरिदिन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्– आफ्नो शुद्ध चित्तले कर्म  गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । उनले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने वर्तमान सरकारको अभिभारालाई पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

Related Post