मुस्ताङमा आन्तरिक पर्यटकको स्वास्थ्य परीक्षण

29 October, 2025 134 Views
मुस्ताङमा आन्तरिक पर्यटकको स्वास्थ्य परीक्षण
134

कात्तिक, काठमाडौं । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण सुरु गरेको छ । 

बुधबार बिहानदेखि त्यसक्षेत्रमा पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुकासाथै आवश्यक औषधि वितरण गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० मला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ । त्यसक्षेत्रमा हिमपात भएको र चिसो एक्कासी बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । 

उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको छ । यसैबीच मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिषरको हिउँ पन्छाउनको लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको छ ।

Related Post