मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

11 November, 2025 102 Views
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ
102

कात्तिक, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले  सुमित्रा भण्डारीलाई पदमुक्त गरी  धनुषाका कर्णला प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले उनलाई आज नियुक्त गरी शपथ  गराएका हुन् ।

Related Post