मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे राजिनामाको घोषणा

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे राजिनामाको घोषणा
48

मंसिर, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । 

विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो । दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

Related Post