मधेशमा एमालेलाई कसैले एक्लाउन सक्दैनन : बिष्णु पौडेल

मधेशमा एमालेलाई कसैले एक्लाउन सक्दैनन : बिष्णु पौडेल
87

मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको बताए । उनले भने, ‘जनताले स्वीकार्दा हामी एक्लिँयौं अलग भयौँ भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ ।

उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरे । संविधानलाई ट्र्याकमा ल्याउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।

Related Post