माउन्टेन इनर्जीले २० प्रतिशत बोनस शेयर दिने, कात्तिक २० मा साधारण सभा

13 October, 2026 124 Views
माउन्टेन इनर्जीले २० प्रतिशत बोनस शेयर दिने, कात्तिक २० मा साधारण सभा
124

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते बिहान १०ः३० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभामा लाभांश वितरण प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, पाँच जना सञ्चालक निर्वाचित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Related Post