नेकपा एमालेले भोली ६० हजार मान्छे उतार्ने महेश बस्नेतको दाबी

नेकपा एमालेले भोली ६० हजार मान्छे उतार्ने महेश बस्नेतको दाबी
74

कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भोलि काठमाडौंमा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै भोलि एमालेको प्रदर्शन भव्य हुने आजैको र्‍यालीले देखाइसकेको बताए।

उनले भने, ‘भोलि ११ बजे भृकुटीमण्डपमा हामी भला हुन्छौँ। त्यहाँ ६० हजारभन्दा धेरै जम्मा भएर सभा गर्दैछौँ। र सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाइ गराएर उहाँलाई छोराछोरीसँग बेलायत जानुपर्ने बनाइदिन्छौ।’

उनले राजनीति दल र नेताहरूले गर्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दुई तिन दिन भित्र राजीनामा दिने दाबी गरे। उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्‍याउन खोजे पनि अब नेसनल भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए।

 

Related Post