140
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। असोज २७ गते सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घट्दा चाँदी ६० रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको थियो।
यससँगै एकै दिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।