146
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा मध्यरात १२ बजेदेखि समस्या देखिएको छ। टेलिकमको OCS (Online Charging System) मा देखिएको प्राविधिक गडबडीका कारण भ्वाइस र डाटा सेवा प्रभावित भएका हुन्।
टेलिकमका अनुसार भ्वाइस सेवा हाल पुनः सुचारु भइसकेको छ तर डाटा सेवा अझै अवरुद्ध छ। प्राविधिक टोली समस्याको समाधानमा सक्रिय रहेको र चाँडै सेवा सामान्य हुने अपेक्षा गरिएको छ। इऋक् मोड्युल टेलिकमको बिलिङ प्रणाली हो, जसमा समस्या आएपछि सेवामा बाधा उत्पन्न भएको हो। टेलिकमले समस्या समाधानका लागि समय लाग्न सक्ने जनाएको छ।