मंसिर, नेपालगन्ज । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) हुने भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगन्ज वाकाथन (Nepalgunj Walkathon)
विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने उक्त कार्यक्रममा गैसस क्षेत्रको ऐक्यबद्धता र प्रतिबद्धताका लागि आज समन्वय बैठक गरिएको छ । बैठकमा सहभागि गैससकर्मीहरुले सुशासनको खडेरी परेको समयमा नेपालगन्जको सडकबाट भ्रष्टाचार बिरुद्धको सन्देस प्रवाह गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन् ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption)
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएकोछ ।