129
माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेर ५ जना घाईते भएका छन् ।
बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।
‘४र५ जना समर्थकहरु गाडीबाट खसेको भन्ने आएको छ । विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा सामान्य घाइते भएको भन्ने जानकारी आएको छ’ एसपी जिसीले भने ।