नेप्से ४ अंकले बढ्यो, कारोबार ३६ करोड नाघ्यो

12 August, 2026 10 Views
नेप्से ४ अंकले बढ्यो, कारोबार ३६ करोड नाघ्यो
10

काठमाडौँ । बुधबार बिहान ११ः३० बजेसम्म नेप्से परिसूचक ४.०७ अंक अर्थात् ०.१५ प्रतिशतले बढेर २ हजार ६४५.९३ विन्दुमा पुगेको छ। बजारमा २६२ कम्पनीको कारोबार हुँदा ८ लाख ७८ हजार ५९५ कित्ता शेयर किनबेच भएका छन्।

यस अवधिमा कुल कारोबार रकम ३६ करोड ७१ लाख रुपैयाँभन्दा बढी पुगेको छ। बजारमा ४ हजार ४४६ वटा कारोबार भएका छन्।

कारोबार भएका कम्पनीमध्ये १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ। २० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

बढ्ने कम्पनीमा आरबीबीएफ४०को शेयर मूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ। त्यस्तै एमईपीडीएल ६.०७ प्रतिशत र एलएलबीएस ५.७७ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा एनआरएन सबैभन्दा अगाडि छ। एनआरएनको ५ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि राधीको ४ करोड ७१ लाख, सोहलको ३ करोड ६४ लाख र कुमारी बैंकको ३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस अवधिमा बजारमा खरिदतर्फ सीएफसीएलको माग सबैभन्दा धेरै देखिएको छ। सीएफसीएलको ८ लाख ९७ हजारभन्दा बढी कित्ता खरिद माग रहेको छ।

बुधबार बिहानसम्म बजारमा ४ हजार ४४६ वटा कारोबार भएका छन्।

Related Post