143
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३५३ कम्पनीको १ करोड २९ लाख ५ हजार कित्ता सेयर ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.९१ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको मूल्य ७.८५ प्रतिशत घटेको छ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। बैंकिङ उपसमूह सर्वाधिक १.२८ प्रतिशतले उकालो लागेको छ।