नेप्से ११.९६ अंकले बढ्यो, कारोबार रकम घट्यो

06 October, 2026 92 Views
नेप्से ११.९६ अंकले बढ्यो, कारोबार रकम घट्यो
92

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेर २ हजार ५७८ अंकमा पुगेको छ। कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.६५, विकास बैंक ०.५५, फाइनान्स ०.१५, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.६२, लगानी ०.४३, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.२७, अन्य ०.३९ र व्यापार समूह ०.८२ प्रतिशत बढेका छन्।

निर्जीवन बीमा ०.०६ र माइक्रोफाइनान्स समूह ०.१७ प्रतिशत घटेको छ।

मंगलबार त्रिशूली जलविद्युत्को सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ। सालपाको विकास बैंक ३.७७, हाथवे इन्भेस्टमेन्ट ३.६५, बुटवल पावर ३.५७ र लिबर्टी इनर्जी ३.५० प्रतिशतले बढेका छन्।

सर्वोत्तम पेन्ट्सको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावर ३.०० र उन्नति सहकार्य लघुवित्त २.८४ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहे।

Related Post