काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको छ । आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४३ हजार ६० पटकको कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज मोलुङ हाइड्रोपावर (MEPDL) को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेर ४५६ रुपैयाँ २० पैसा पुगेको छ । साधना लघुवित्त (SAPIL) १४.९९ प्रतिशत र खानीखोला हाइड्रोपावर (KKHC) १०.०९ प्रतिशतले बढेका छन् ।
कारोबार रकमका आधारमा एडीबीएलबी८७ अगाडि रहेको छ । उक्त धितोपत्रमा ७० करोड ८७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, KKHC को १७ करोड ९८ लाख, LEC को १६ करोड ५६ लाख, NGPL को १० करोड ९० लाख र NRN को १० करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्सेको कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।