69
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२० प्रतिशतको गिरावट हो।
आज ४ अर्ब १० करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल ३५७ कम्पनीको कारोबार हुँदा १८६ कम्पनीको शेयर मूल्य घटेको, ७९ कम्पनी बढेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर (MAKAR) अगाडि रह्यो। यसको करिब ९० करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (SAPIL) को शेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। समग्रमा बजार परिसूचक घटे पनि केही कम्पनीमा भने उच्च खरिद चाप देखिएको छ।