नेप्सेमा फेरि 'रेड सिग्नल' सोमबारको उत्साह मंगलबारमै गायब!

12 May, 2026 45 Views
नेप्सेमा फेरि 'रेड सिग्नल' सोमबारको उत्साह मंगलबारमै गायब!
45

नेपाली सेयर बजारमा हिजो देखिएको हरियाली आज (मंगलबार) टिक्न सकेन। सोमबार ३८ अंकले बढेर लगानीकर्तामा आशा जगाएको नेप्सेआज फेरि ठूलो अंकले ओरालो लागेको छ। के बजारले आफ्नो लय गुमाउन लागेको होकि यो केवल एउटा सामान्य 'करेक्सनमात्र हो

आज मंगलबारनेप्से परिसूचक ३९.४४ अंकले घटेको छ। यो भनेको अघिल्लो दिनको तुलनामा १.४१ प्रतिशतको गिरावट हो। आजको कारोबार बन्द हुँदा समग्र नेप्से परिसूचक २७४४.४० को विन्दुमा झरेको छ। अचम्मको कुरा के छ भनेहिजो सोमबार जति अंकले बजार बढेको थियोआज लगभग त्यति नै अंकले बजार घटेको छ। यसले बजारमा अहिले पनि 'भोलाटालिटीअर्थात् अस्थिरता कायम रहेको प्रष्ट पार्छ।

अब हेरौँ आजको कारोबारको भित्री विवरण। आज कुल २५१ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने मात्र १३ वटा कम्पनीले आफ्नो मूल्य जोगाउन सफल भएका छन्। ५ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो। कारोबार रकमलाई हेर्ने हो भनेआज ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। हिजो सोमबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियोत्यसैले कारोबार रकममा भने आज खासै ठूलो फेरबदल देखिएको छैन। आज दिनभरिमा कुल ६२ हजार ५१२ पटक सेयर किनबेच हुँदा १ करोड ६ लाख कित्ता भन्दा बढी सेयरको हातबदल भएको छ।

उप-समूह तर्फको कुरा गर्दाआज 'सामुहिक लगानी कोषबाहेक अरु सबै उप-समूहहरू राताम्मे देखिएका छन्। सबैभन्दा बढी गिरावट कुन क्षेत्रमा भयो तआज सबै सेक्टरमा बिक्री चाप बढेको देखिन्छ। लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्दा वा थोरै डराउँदा बजारले ओरालो यात्रा तय गरेको विज्ञहरूको भनाइ छ। यद्यपि४ अर्ब माथिको कारोबार टिकिरहनुले बजारमा अझै पनि लगानीकर्ताको उपस्थिति बलियो छ भन्ने बुझाउँछ।

अन्त्यमासेयर बजारमा उतारचढाव त स्वभाविक नै हो। तर २७४४ को यो विन्दु आगामी दिनमा कता मोडिएलाके २७०० को विन्दुले सपोर्ट देला त?भोलिको बजार कस्तो रहला

 

Related Post