निर्वाचनबाहेक अन्य विकल्पहरू सोचे मुलुक फेरि अर्को दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

29 December, 2025 188 Views
निर्वाचनबाहेक अन्य विकल्पहरू सोचे मुलुक फेरि अर्को दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
188

पौष, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्वाचनबाहेक अन्य विकल्पहरू सोचे मुलुक फेरि अर्को दुर्घटनामा पर्नसक्ने चेतावनी दिएका छन्।

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबैको सामुहिक प्रयासले नै अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ।’संकटमा परेको राष्ट्रलाई निकास दिने दायित्व सबै राजनीतिक दलको रहेको उनले बताए । सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेकाले अब निर्वाचनबाहेक अर्को विकल्प सोच्न नसकिने उनको भनाई थियो।

प्रचण्डले जेनजी आन्दोलनपछि संकटमा रहेको देशलाई सबै मिलेर निकास दिनुपर्ने पनि बताए। ‘निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ,’ प्रचण्डले भने। युवाहरुको राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको पनि उनले बताए ।

Related Post