108
काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । आज बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष भट्टराईले राजीनामा घोषणा गरेका हुन्। जेनजी आन्दोलनपछि पार्टी रुपान्तरण र पुनर्गठनको लागि अध्यक्षले पद त्याग गरेको प्रवक्ता प्रवक्ता कृष्ण शर्माले बताए ।
अध्यक्षको राजीनामासँगै अब पार्टी विशेष महाधिवेशनमा जाने शर्माले बताए । उनले भने, ‘उहाँले पार्टी पुनर्गठनको लागि अध्यक्ष पद त्याग गर्नुभएको हो । नयाँ शक्तिबाटै पार्टी पुनर्गठनको सुरुआत गर्छौँ ।’ दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी पनि बनाइएको छ । काठमाडौंमा आयोजना गरिएको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजक तथा जिल्ला संयोजकहरूको उपस्थिति थियो ।