57
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले बिहीबार सुनसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। साहको नाम राष्ट्रपति कार्यालय पठाइएको छ।
साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए। जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्नै दलसमेत खोलेका थिए।
साह अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन्। मन्त्रिपरिषद् बैठक चलिरहेका बेला उनी कार्यालयको एक कोठामा बसेको बताइएको छ।