न्याय नपाएसम्म शव नउठाउने आफन्तको जिकिर

04 August, 2026 17 Views
न्याय नपाएसम्म शव नउठाउने आफन्तको जिकिर
17

सुनसरीको कप्तानगञ्ज गोलीकाण्डमा घाइते भई उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको निधनपछि उनका आफन्तले शव नबुझ्ने जिकिर गरेका छन्। सरकारले घटनामा जिम्मेवारमाथि कारबाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने उनीहरूको दाबी छ।

आफन्तले सरकारले घटनामा गोली चलाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई न्याय दिनुपर्ने माग राखेका छन्। गृहमन्त्रीले मृतकको घरमा पुगेर गरेको कागजी सहमति मात्र स्वीकार्य नहुने उनीहरूको भनाइ छ।

यता, रवीन्द्र मेहताको निधनको खबरपछि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा स्थानीयले सडकमा रुख ढालेर प्रदर्शन गरेका छन्। अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ भने सदरमुकाम इनरुवाबाट नेपाल प्रहरीको थप टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी स्रोतले जनाएको छ।

Related Post