ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन् : प्रचण्ड

ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन् : प्रचण्ड
54

कात्तिक, काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) छाडेर सबै नेताहरु नयाँ पार्टीमा आउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले एमालेका सबै नेता नेपाली कम्युनिष्ट पार्टीमा आउने जिकिर गरेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि उल्लेख गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दल समाहित भइसकेको बताएका छन् । ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्’, उनले भने ।

 

Related Post