ओमोडा एन्ड जेइकोका ग्राहकलाई सिद्धार्थ बैंकबाट विशेष छुट

12 October, 2026 170 Views
ओमोडा एन्ड जेइकोका ग्राहकलाई सिद्धार्थ बैंकबाट विशेष छुट
170

 

काठमाडौं ।ओमोडा एन्ड जेइको तथा आइकारको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स र सिद्धार्थ बैंकबीच नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का अवसरमा ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

साझेदारीअन्तर्गत ओमोडा एन्ड जेइकोका ग्राहकले सर्भिस चार्जमा छुट पाउनेछन् भने सिद्धार्थ बैंकमार्फत सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले खरिदमा विशेष छुट प्राप्त गर्नेछन्। यो योजना एनपीएल सिजन ३ अवधिभर नेपालभरका आधिकारिक डिलरशिप तथा सिद्धार्थ बैंकका शाखाबाट उपलब्ध हुनेछ।

सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर र ओमोडा एन्ड जेइको को-स्पोन्सरका रूपमा प्रतियोगिताको पहिलो सिजनदेखि नै आबद्ध छन्।

Related Post