पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्छ : गगन थापा

पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्छ :   गगन थापा
49

माघ, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय थापाले जादु गरेजस्तो पूर्वाधारणको समस्या समाधान नहुने भन्दै यस्तो बताएका हुन् । थापाले ठेक्का तोडेर जादु गरेजस्तो गर्दा पूर्वाधारको समस्या समाधान नहुने भन्दै यस्तो बताएका हुन् ।

‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ’, उनले भनेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो। उनले पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने बताए ।

Related Post