पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट, विकास खर्चमा भने सुस्त प्रगति

19 June, 2026 129 Views
पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट, विकास खर्चमा भने सुस्त प्रगति
129

 असार ५ — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १९औँ नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।

महानगरले कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च४४.९ प्रतिशत पूँजीगत (विकास) खर्चका लागि विनियोजन गरेको छ। बजेटको मुख्य लक्ष्य ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माण रहेको महानगरले जनाएको छ।

बजेटका लागि संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै आन्तरिक तथा अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

यता, चालु आर्थिक वर्षमा भने विकास खर्चको अवस्था कमजोर देखिएको छ। जेठ मसान्तसम्म कुल बजेटको ४० प्रतिशत मात्र खर्च भएको छ भने पूँजीगततर्फ विनियोजित बजेटको २४.२ प्रतिशत मात्रै खर्च भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

त्यस्तै, चालु वर्षमा आन्तरिक राजस्व संकलन लक्ष्यको ४६ प्रतिशत मात्र हासिल भएको महानगरले जनाएको छ।

Related Post