पोखरामा जेसीआई नेपालको राष्ट्रिय काउन्सिलर एकेडेमी सम्पन्न, १६७ शाखाका युवाको सहभागिता

23 March, 2026 382 Views
पोखरामा जेसीआई नेपालको राष्ट्रिय काउन्सिलर एकेडेमी सम्पन्न, १६७ शाखाका युवाको सहभागिता
382

पोखरा  । जेसीआई  नेपाल  द्वारा आयोजित २०२६ राष्ट्रिय काउन्सिलर एकेडेमी पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा जेसीजको आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रम राष्ट्रिय अध्यक्ष जीवन कार्की को अध्यक्षतामा ‘Aim Act Achieve’ तथा ‘प्रोजेक्ट संकल्प २०२६’ को अवधारणाअनुसार अघि बढाइएको थियो।

देशभरका १६७ शाखाबाट काउन्सिलरहरू र सन् २०२६ का राष्ट्रिय पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको एकेडेमीमा युवाहरूलाई नेतृत्व क्षमता विकासका विविध आयाममा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्ष कार्कीले ‘प्रोजेक्ट संकल्प २०२६’ लाई व्यवहारमा उतार्दै व्यक्तिगत तथा सामाजिक जीवनमा सफलता हासिल गर्न प्रेरित गरे।

उद्घाटन समारोहमा सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए  उनले युवाहरूलाई सकारात्मक सोचसहित समाज रूपान्तरणमा अग्रसर हुन आह्वान गरे। कार्यक्रममा रुद्रदेवी शर्मा, मणिराम लमिछाने लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारी ले चिफ पाइलटको भूमिका निर्वाह गरेका थिए भने प्रशिक्षकका रूपमा राजबाबु शाह, विकलप्रसाद शेरचन, तीर्थ पौडेल, किरण केसीमहेश्वर गिरी ले नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।

दुई दिनसम्म सञ्चालन भएको एकेडेमीमा नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सञ्जाल विस्तारसँग सम्बन्धित विभिन्न सत्रहरू समावेश गरिएको थियो। कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिनुका साथै ‘Aim Act Achieve’ अवधारणाअन्तर्गत ‘संकल्प पुरस्कार’ पनि वितरण गरिएको थियो।

आयोजकका अनुसार, उक्त एकेडेमीले युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वप्रति थप प्रतिबद्ध बनाउने महत्वपूर्ण भूमिका खेलेको छ।

Related Post