85
पोखरा । कास्कीको पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१, सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका–२७, तालचोकमा सडक पार गर्ने क्रममा तामाङलाई ग२०प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।