तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

13 October, 2026 158 Views
तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
158

 

तनहुँ। तनहुँको भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालक स्वरूप गैरेको मृत्यु भएको छ।

आज बिहान भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले बालक गैरेलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा, तनहुँ लगिएको थियो।

उपचारका क्रममा बिहान १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Post