पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको आर्थिक सहयोग

04 November, 2025 309 Views
पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स र  एनएलजी इन्स्योरेन्स कम्पनीको आर्थिक  सहयोग
309

कात्तिक, काठमाडौं । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आज मिति २०८२ कार्तिक १८ गते मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले रु १,००,००,०००।– (अक्षरमा एक करोड मात्र) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल बल्लभ पन्तले रु २५,००,०००।– (पच्चीस लाख मात्र) रकमको छुट्टाछुट्टै चेक अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गर्नु भयो । कोषमा आज प्राप्त हुन आएको चेक रकम सहित जम्मा रु ७,५१,६०,४३९।– ९सात करोड एकाउन्न लाख साठी हजार चार सय उनान्चालीस मात्र० संकलन भएको व्यहोरा जानकारी गराईन्छ । 

Related Post