प्रचण्डको दाबी– गणतन्त्रका उपलब्धि निमिट्यान्न पार्ने प्रयास भइरहेको छ

प्रचण्डको दाबी– गणतन्त्रका उपलब्धि निमिट्यान्न पार्ने प्रयास भइरहेको छ
60

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलन र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि समाप्त पार्ने प्रयास भइरहेको दाबी गर्दै त्यसविरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताएका छन्। शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले प्रतिक्रियावादी शक्तिहरूले जनआन्दोलन तथा बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास गरिरहेको भन्दै शहीदहरूको सपना र योगदानलाई आत्मसात् गरेर त्यसविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताए।

प्रचण्डले वाग्ले र पोखरेलको बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा दिएको र जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

२०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले शहीदहरूको योगदानबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने बताए।

उनले प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै त्यसलाई थप संस्थागत गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए।

Related Post