प्रहरीको गोली लागेर ज्यान गुमाएका ४ जनालाई सरकारले दियो शहीदको मान्यता

11 August, 2026 3 Views
प्रहरीको गोली लागेर ज्यान गुमाएका ४ जनालाई सरकारले दियो शहीदको मान्यता
3

काठमाडौं । सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनालाई सरकारले शहीद घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता र सिरहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै चारै जनालाई शहीद घोषणा गरिएको जानकारी दिनुभएको छ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर उनीहरूको मृत्यु भएको थियो। सरकारले घटनामा ज्यान गुमाएका चारै जनाको योगदानको सम्मान गर्दै शहीदको मान्यता दिने निर्णय गरेको जनाएको छ।

Related Post