पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच भेटवार्ता, राष्ट्रिय भेलाबारे छलफल

12 August, 2026 6 Views
पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच भेटवार्ता, राष्ट्रिय भेलाबारे छलफल
6

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच बुधबार बिहान भेटवार्ता भएको छ। खड्का निवास गल्फुटारमा भएको भेटमा आगामी शुक्रबार काठमाडौंको सुकेधारामा हुने राष्ट्रिय भेलाबारे छलफल भएको हो।

इतर समूहले शशांक कोइरालालाई राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। भेटमा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेटमा खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको थियो। खड्काले पनि उक्त आग्रहप्रति सकारात्मक धारणा राखेका छन्।

पछिल्लो समय खड्का इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा उपस्थित नभएपछि उनको भूमिकालाई लिएर विभिन्न अड्कलबाजी हुँदै आएको थियो।

Related Post