पर्साबाट १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

11 August, 2026 9 Views
पर्साबाट १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
9

काठमाडौं । पर्सामा प्रहरीले १०५ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति परिचालन भएको प्रहरी टोलीले भारतको बेतीया, उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरी शंकास्पद अवस्थामा बोरा बोकेर हिँडिरहेको भेटिएका थिए। उनलाई रोकेर बोरा जाँच गर्दा प्लास्टिकबाहेक १०५ किलो गाँजा बरामद भएको हो।

यसअघि सोमबार साँझ पनि प्रहरीले पर्साबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिकलाई पक्राउ गरेको थियो।

Related Post