67
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सामाजिक सञ्जालमा स्टाटस लेख्ने र हस्ताक्षर अभियान चलाएर नेतृत्व हटाउन खोज्ने गतिविधि सह्य नहुने बताएका छन्।
झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र चलिरहेका गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने।
अध्यक्ष हटाउनुपर्ने धारणा भए पार्टीको सम्बन्धित कमिटीमै आफ्ना कुरा राख्न ओलीले सुझाव दिएका छन्।