प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षको 'इगो' टकराव: नियमावली पारित हुँदा संसदीय मर्यादामाथि नै प्रश्न

01 June, 2026 53 Views
प्रतिनिधि सभामा सत्ता र प्रतिपक्षको 'इगो' टकराव: नियमावली पारित हुँदा संसदीय मर्यादामाथि नै प्रश्न
53

काठमाडौँ। देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा हिजो (आइतबार) रणमैदान जस्तै बन्यो। सभामुख डोलप्रसाद अर्यालले बैठक अगाडि बढाउन खोज्दा प्रतिपक्षी सांसदहरूले वेल घेराउचर्को नाराबाजी र कुर्सीसमेत उचालेर आक्रामक विरोध प्रदर्शन गरे।

संसदमा हंगामा हुनुको मुख्य कारण 'प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३' थियो। नेपाली कांग्रेसनेकपा एमालेराप्रपा र श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलहरूले उक्त नियमावलीको मस्यौदामाथि विषयगत समितिमा थप छलफल हुनुपर्ने माग गरेका थिए।

तरसभामुख अर्यालले कार्यसूची अनुसार प्रक्रियालाई जबर्जस्ती अगाडि बढाउन खोजेपछि कांग्रेस सांसद वासना थापा लगायतका विपक्षी माननीयहरू आगो बने। स्थिति नियन्त्रण बाहिर गएपछि बैठक १५ मिनेटका लागि स्थगित समेत गरियो।

दोस्रो पटक बैठक सुरु हुँदा माहोल झन् थप तनावग्रस्त बन्यो। सञ्चार माध्यमका अनुसार केही सांसदहरू सभामुखको आसनतिर झम्टिनुका साथै कुर्सी उचाल्ने कोसिसमा उत्रिएका थिए। तरविपक्षीको यो चर्को अवरोध, ठेलमठेल र होहल्लाका बीच पनि मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रस्ताव पेस गरे र बहुमतको बलमा नियमावली पारित गरियो।

विपक्षीहरूको आक्रोशको अर्को ठूलो कारण प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालै भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विषयमा पनि थियो।

 जनताका समस्या र नीति निर्माणबारे बहस हुनुपर्ने संसद हिजो फेरि एकपटक राजनीतिक 'इगोर तानातानको अखडा बन्यो। सत्तापक्षको पेलेरै जाने रणनीति र प्रतिपक्षको कुर्सी उचाल्ने आक्रामक शैलीले माननीयहरूको संसदीय मर्यादामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

 

Related Post