प्रतिनिधिसभा बैठकमा अब कालो चस्मा लगाउन नपाइने

06 August, 2026 15 Views
प्रतिनिधिसभा बैठकमा अब कालो चस्मा लगाउन नपाइने
15

काठमाडौं । प्रतिनिधिसभा बैठकमा अब सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डीपी अर्यालले संसद् बैठकमा कालो चस्मा लगाउने विषयमा पटक–पटक प्रश्न उठेपछि यस्तो व्यवस्था लागू गरिएको बताएका छन्।

बुधबार बसेको समितिको बैठकमा सभामुख अर्यालले प्रमुख सचेतक र सचेतकहरूलाई यो निर्णयबारे आफ्ना दलका सांसदलाई जानकारी गराउन निर्देशन दिएका थिए।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले अबदेखि प्रतिनिधिसभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाइने जानकारी दिएकी छन्।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्सालसहित केही सांसदहरू संसद् बैठकमा कालो चस्मा लगाएर सहभागी हुने गरेका थिए। तर अबदेखि प्रतिनिधिसभा बैठकमा यस्तो गर्न नपाइने भएको छ।

Related Post