‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ’– शाहमाथि प्रचण्डको सवाल

‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ’– शाहमाथि प्रचण्डको सवाल
88

काठमाडौं । नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै संकटका बेला सबै दल र सांसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री सबैको भएकाले संसद् र राजनीतिक दलसँग संवाद र सहकार्य आवश्यक रहेको बताए।

प्रचण्डले प्रधानमन्त्री शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने भन्दै अहिले देशले लामो भाषण र सामाजिक सञ्जालका पोस्टभन्दा प्रभावकारी सरकारी उपस्थिति र नेतृत्व खोजेको बताए।

‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ? प्रधानमन्त्री त हामी सबैको हो,’ उनले भने।

देश संकटमा रहेका बेला राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उल्लेख गर्दै प्रचण्डले सबैको विश्वास जितेर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे।

Related Post