73
काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीमा १ हजार ११३ जनाको शव फेला परिसकेको र ४ हजार ८५८ जना अझै सम्पर्कविहीन रहेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतबारे संसदलाई जानकारी गराउने तयारी छ ।
भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी छन् ।
बाढीपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् । उनले भने सामाजिक सञ्जालमार्फत बाढीको अवस्था र सरकारका गतिविधिबारे नियमित जानकारी दिँदै आएका छन् ।
आजको बैठकमा भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिबारे विशेष प्रस्तावसमेत प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।