117
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट पेस हुने प्रस्तावमाथि छलफल हुने तयारी छ।
यद्यपि, बैठकका लागि तय भएका एजेन्डाबारे प्रधानमन्त्रीको सचिवालयले विस्तृत जानकारी दिएको छैन। मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस भएपछि मात्रै निर्णय हुने विषयहरू स्पष्ट हुनेछन्।